नियम १०५
मुद्दाको टिपोट किताब खडा गर्ने
(१) इजलाससमक्ष निर्णयको लागि कुनै मुद्दा पेस गर्नुभन्दा अगावै मिसिल जिम्मा लिने फाँटवालाले देहाय बमोजिम गरी मुद्दाको टिपोट किताब खडा गर्नुपर्छ र रजिस्ट्रार वा निजले तोकेको अधिकृतले सो टिपोट किताबमा लेखिएका कुराहरू मिसिलमा भिडाई जाँच गर्नुपर्छः-
(क) प्रत्येक टिपोट किताबमा सबभन्दा पहिले मुद्दाको किसिम, दर्ता भएको साल र नम्बर लेखी त्यसपछि मिसिल सामेल रहेका सबै लिखतहरूको साल र मितिको क्रम अनुसार फिहरिस्त तयार गरी सो फिहरिस्तमा लेखिएको प्रत्येक लिखतको अगाडि कोष्ठ () चिह्क राखी सो कोष्ठभित्र लिखतको जुन सङ्ख्या मिसिलमा जनिएको छ सो सङ्ख्या लेख्ने,
(ख) खण्ड (क) बमोजिम फिहरिस्त तयार गरिसकेपछि फिरादपत्र, उजुरी, निवेदनपत्र, प्रतिउत्तरपत्र, पक्षहरूको बयान, साक्षी र विशेषज्ञको बकपत्र, तल्लो अड्डा वा अदालतको फैसला वा अन्तिम आदेश र सो उपरको पुनरावेदनपत्र वा निवेदनपत्र र अन्य लिखतहरूको सारांश, सो मुद्दाका पक्षहरूको मुख नमिलेको मुख्य ठहराउनु पर्ने कुरा र पक्षहरूले दिएको मूल प्रमाण तथा अन्य लिखत प्रमाण, साक्षी विशेषज्ञ इत्यादि बुझेको छ छैन सो कुरा समेत संक्षेपमा लेख्ने।
(२) तल्लो अड्डा वा अदालतबाट तयार भई मिसिल सामेल रहेको मुद्दाको टिपोट किताबमा तल्लो अड्डा वा अदालतको फैसला वा अन्तिम आदेश र सो उपरको पुनरावेदनपत्र वा निवेदनपत्र तथा अदालतमा पेस भएको वा खडा गरिएको लिखतहरूको सारांशमात्र लेख्नुपर्छ।
(३) उपनियम (१) वा (२) बमोजिमको टिपोट जुन लिखतको आधारमा तयार गरिएको छ सो लिखतमा सो कुराहरू उल्लेख भएको पृष्ठ र हरफसमेत यथासम्भव टिपोट किताबमा जनाउनु पर्छ। टिपोट किताबमा प्रकरण छुट्याई ठाउँ-ठाउँमा आवश्यकतानुसार प्रकरणको सिलसिलामा नम्बर पनि हाल्नुपर्छ ।
(४) उपनियम (१), (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि काम फछ्यौटको दृष्टिबाट आवश्यक सम्झेमा मुख्य न्यायाधीश वा. मुख्य भई काम गर्ने न्यायाधीशले सर्वस्वसहित जन्मकैद वा जन्म कैदको सजाय हुनसक्ने साधक जाहेर हुने मुद्दा र डाँका मुद्वाहरूबाहेक अन्य खास-खास किसिमका मुद्दाहरू टिपोट किताबको अभावमा पनि हेर्न र छिन्न सकिने व्यवस्था मिलाउन सक्नेछ।
(५) यस नियम बमोजिम तयार गरिएको टिपोट किताबमा सम्बन्धित फाँटवालाले सही गरेको र रजिस्ट्रार वा निजले तोकेको अधिकृतले त्यसलाई प्रमाणित गरेको हुनुपर्छ।
(६) यस नियम बमोजिम“ तयार गरिएको टिपोट किताबमा उल्लेख भएको कुनै ब्यहोरा थपघट वा हेरफेर गर्न आवश्यक देखेमा न्यायाधीशले त्यस्तो थपघट वा हेरफेर गरी आफ्नो निस्सा लगाउनुपर्छ।
(७) टिपोट किताबमा सो तयार गर्ने कर्मचारीले आफ्नो व्यक्तिगत राय वा मुद्दामा प्रभाव पर्ने कुनै कुरा लेख् हुँदैन।
(८) मुद्दा टिपोट सम्बन्धमा सर्वोच्च अदालतबाट कुनै निर्देशिका वा निर्देशन जारी भएकामा सोमा उल्लेख भएका कुराहरूसमेतका आधारमा मुद्वाको टिपोट गर्ने प्रबन्ध मिलाउनु पर्दछ।